बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

संविधान अनुसार शिक्षकको माग ३ दिनभित्र पूरा गरेर विद्यालय फर्कने वातावरण बनाउन सर्वोच्चको आदेश (आदेशपत्र)

काठमाडौं – सर्वोच्च अदालतले सरकारलाई आन्दोलनरत शिक्षकको माग तीनभित्रमा पुरा गरी विद्यालय पठाउने वातावरण बनाउन आदेश दिएको छ। न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश दिएको हो। 

अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश सुवेदीको इजलासले यस्तो आदेश गरेको हो। सर्वोच्चले शिक्षकका जायज र संविधानसम्मत माग सम्बोधन तत्काल सम्बोधन गर्ने वातावरण मिलाउन सरकारलाई समेत भनेको छ।