भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

पाल्हीनन्दन (नवलपरासी ब सु प)- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ स्थित २० बिघा जग्गामा खरबुजा खेती गरिएको छ । यहाँ भारतको उत्तर प्रदेश र हरियाणका बीस घरपरिवारले खेती गरेका हुन् ।
प्रतापपुर गाउँपालिका–६ का वडाध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार भारतबाट आएर प्रतिबिघा वार्षिक रु ६० हजारका दरले भाडामा लिएर भारतीय नागरिकले खरबुजा तथा तरकारीखेती गरिरहेका छन् ।
गाउँपालिका–६ चोर्नीयाको बगरमा गरिएको खरबुजाखेतीबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । व्यापारीहरूले किसानको खेतबाटै खरबुजा खरिद गर्ने गरेका छन् ।
भारतीय निवासी किसान आरिफ खानले तीन वर्षदेखि आफूहरूले यहाँ खरबुजा तथा तरकारीखेती गर्दै आएको बताए । उनका अनुसार प्रतिकेजी रु २० मा खरबुजा बिक्री हुने गरेको छ । विगतमा राम्रै आम्दानी भए पनि यस वर्ष खरबुजामा फङ्गस् रोग लागेर सोचेअनुसार उत्पादन नहुँदा केही घाटा लागेको आनको गुनासो छ ।
यहाँ उत्पादित खरबुजा काठमाडौँ, नारायणघाट, बुटवल, पोखरा, भैरहवा, चितवनसम्मका व्यापारीले खेतमै आएर लैजाने गरेका छन् । प्रतापपुर गाउँपालिका–८ निवासी प्रमोद सहानीले खरबुजाखेती गरेको खेतमा मुमफली (बदाम) कोसमेत उत्पादन हुने भएकाले कसैले भाडामा त कसैले अधियामा खेती गरिरहेका बताए ।

चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट

जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै

चैते धानको उचित मूल्यका लागि पहल गरिने

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

उखु उत्पादक किसानलाई रु १ अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग

व्यवसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

प्रतिक्रिया