बर्दिवास भंगहा औद्यौगिक करिडोरको कार्य द्रुत गतिमा अगाडि बढछः श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले महोत्तरीको बर्दिवास भंगहा अद्यौगिक करिडोरको कार्य द्रुतगतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता समेत रहेका मन्त्री भण्डारीले मंगलवार उक्त निर्माणाधिन बर्दिवास भंगहा अद्यौगिक करिडोरको जग्गा अनुगमन तथा स्थानीयसँग सम्वाद गर्ने क्रममा यस्तो बताएका हुन ।
मन्त्री भण्डारीले, महोत्तरी जिल्लाको समुचित विकासको लागि बर्दिवास भंगहा अद्यौगिक करिडोर एउटा कोशेढुंगा सावित हुने बताए । उनले भने, ‘बर्दिवास भंगहा अद्यौगिक करिडोर महोत्तरी जिल्ला र यस आसपासका जनताको लागि सुनौलो अवसरको बाटो खुल्ला गर्नेछ ।’
महोत्तरी निर्वाचन क्षेत्र नम्बरका २ का सांसद समेत रहनु भएका मन्त्री भण्डारीको पहलमा जिल्लामा विभिन्न विकास निर्माणको काम तदारुकताका साथ अगाडि बढेको महोत्तरी जिल्ला समन्वय समितिका सभापति सुमन कर्णले बताए ।
मन्त्री भण्डारी सहितको टोलीले आम जनताले लामो समय देखि प्रतिक्षा गरेको भंगहा विजलपुरा जोडने रातो नदीको पुल सँगै भुतहा खोलामा निर्माणाधिन पुलको प्रगतिविवरण, अनुगमन तथा स्थानीयसँग सम्वाद गरेका थिए ।
उक्त दुई निर्माणाधिन पुलले स्थानीय जनताको लागि दैनिक आवतजावत गर्न सहजता थप्नुका साथै बर्षाको समयमा नदीमा आउने बाढीले जोखिम कम गर्ने हुनाले स्थानीयले खुशी व्यक्त गर्दै पहलका लागि मन्त्री भण्डारीलाई धन्यवाद दिएका थिए ।
अनुगमनको क्रममा बर्दिवास नगरपालिका नगरप्रमुख प्रलहाद क्षेत्री, भंगहा नगरपालिका उपप्रमुख शान्ती कुमारी सिंह, महोत्तरी जिल्ला समन्वय समितिका सभापति सुमन कर्ण, महोत्तरी जिल्ला प्रहरी प्रमुख तथा महोत्तरी शसस्त्र प्रहरीका एसपीद्धयको पनि उपस्थिती रहेको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रतिक्रिया