जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

आगामी जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराउनुभएको हो । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ ।
समूह दशमा रहेका सांसदहरुले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गर्नुभयो । प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन् । —न्युज एजेन्सी नेपाल

बिहीबारसम्मका लागि संसद स्थगित

रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेः सचेतक बर्तौला

प्रतिनिधिसभा बैठक स्थगित

‘जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ’

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

व्यावहारिक र लागू गर्न सकिने बजेट आएको छः सांसदहरु

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

प्रतिक्रिया