नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरियालाई आग्रह गर्नुभएको छ । आज दक्षिण कोरियाली रेल कम्पनी कोरेलका प्रतिनिधिसँगको भेटमा उहाँले रेल सेवा नेपाल सरकारको पनि प्राथमिकताको विषय भएका भन्दै लगानीका लागि आग्रह गर्नुभएको हो ।
मन्त्री दाहालले यहाँका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूलाई लक्षित गरी रेल सेवाको विस्तारको अध्ययन, अनुसन्धानका लागिसमेत आग्रह गर्नुभयो । लामो तथा छोटो दूरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाइरहेको उल्लेख गर्दै उहाँले लगानीका ‘मोडल’ बारे छलफल गर्न सकिने उल्लेख बताउनुभयो ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेलमार्ग विस्तार उपयोगी हुने बताउनुभयो । लगानी बोर्डका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरू मिलेर विभिन्न मोडलमा अध्ययन गरिने बताउनुभयो ।
त्यसका लागि केहि दिनभित्रै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उहाँले जानकारी दिनुभयो । छलफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेलमार्ग विकासका लागि विभिन्न साझेदारहरूसँग छलफल भइरहेको बताउनुभयो । कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १२६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेलमार्ग विकास र विस्तारका लागि कार्य गर्दै आएको बताउनुभयो ।
नेपालमा अध्ययन तथा लगानीका लागि नेपाली पक्ष र कोरेलबीच विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उहाँको भनाइ थियो । -

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रतिक्रिया