खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी- नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेकमा पूर्वाधार निर्माण थालिएको छ ।
खोपारा घुम्न आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग र खानेपानी व्यवस्थापनको काम थालिएको हो । गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरिएको इञ्जिनियर सुमन बोगटीले जानकारी दिए ।
आगामी असारभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समुद्र सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको खोपारामा योजना सञ्चालन गर्न पाउद्वार गाउँका मजदुर त्यही बास बसेका छन् । गाउँदेखि आवतजावत गर्न टाढा भएकाले सम्बन्धित ठाउँमै बास बसेर साँझ बिहानको समयमा पनि काम गरिएको उपभोक्ता समितिका अध्यक्ष हरि पाइजाले बताए ।
“वैशाख दोस्रो हप्तासम्म हिउँ परेर काम गर्न पाइएन्”, उनले भने, “हिजोआज पनि अपराह्न २ बजेपछि पानी परेर पूरै दिन काम गर्न पाएका छैनौँ ।” गत वर्ष पनि प्रदेश सरकारको रु २० लाखको बजेटबाट खोपारामा पर्यटन पूर्वाधार निर्माण भएको थियो ।
सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तव्य बनाइएको छ । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयापभित्र) पर्छ । गुराँसको जङ्गलको बीचमा पहाडको टाँकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो ।
अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृष्य अवलोकन गर्न सकिन्छ । पर्यटक आगमन बढेपछि खोपारामा पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गर्न लागिएको हो ।
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
_5etF0NShEN_vcu6u2yo5gykpqtafmdad6fwetenaeit9vdaiqj8lm01tlrfpfy9p51lesks_OtekMzwJJx_fdf9xampt1yuvv4r83o3nxvdqk27h5y6jho8dlewdxsb24prdhfl7gyp27ra.jpg)
राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण

भूमिहीनलाई लालपुर्जा वितरण

४० लाखको लागतमा ग्रामीण खानेपानी आयोजना

चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’ कार्यक्रम

प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

प्रतिक्रिया