दीपक माविका विद्यार्थी च्याउखेतीमा

म्याग्दी– बेनी नगरपालिका-१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले च्याउखेती थालेका छन् । कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीले सामूहिक रूपमा ‘केन्ये’ जातको च्याउखेती गरेका हुन् ।
विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप सिकाउने र उद्यमशील बनाउने उद्देश्यले बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रमको सहयोगमा च्याउखेती गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु ढुङ्गानाले जानकारी दिए ।
शुक्रबार र शनिबार टुक्रा पारेको २० भारी पराल आज बिहान पकाएर एक सय ५० वटा प्लास्टिकको थैलामा च्याउको बीउसहित विद्यालय परिसरको हाल प्रयोगविहीन रहेको पुरानो वडा कार्यालय भवनमा सेड बनाएर राखेका छन् ।
उत्पादन भएको च्याउ विद्यालयको दिवा खाजामा प्रयोग गर्ने, बढी भएको स्थानीय र सदरमुकाम बेनी बजारमा बेच्ने विद्यालयको योजना छ । विद्यार्थीलाई बेनी नगरपालिकाका कृषि प्राविधिक दिव्या बरालले च्याउखेती प्रविधिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम दिएकी हुन् ।
‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत दीपक माविका ४६ जना विद्यार्थीलाई आर्थिक वर्ष २०८०/८१ मा भित्तेलेखन र आव २०७९/८० मा वायरिङसम्बन्धी तालिम दिइएको थियो । चालु आर्थिक वर्षमा दीपक माविसहित बेनी नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको छ ।
विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख शुरत केसीले बताए । कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले प्रत्येक विद्यालयलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउन कार्यक्रम सहयोगी बन्ने अपेक्षा गरिएको उनले बताए । रासस

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

प्रतिक्रिया