स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

रसुवा- रसुवा प्रहरीले बरामद गरेको सुन सात किलो ६५३ ग्राम रहेको खुलेको छ । बा ४ ख ६२०१ नम्बरको गाडी केरुङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे प्रहरीले सुन बरामद गरेको हो ।
सुनको तैल सात किलो ६५३ ग्राम रहेको र चीनको केरुङबाट नेपालमा आउँदै गरेको थियो । स्याउ बोकेको कन्टेनरबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएका छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय किशोर भुजेल रहेका छन्। थप अनुसन्धान भइरहेको रसुवा प्रहरीले जनाएको छ ।

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

पत्नीको कुटाइबाट पतिको मृत्यु

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

प्रतिक्रिया