पौडी पोखरीमा डुबेर महतोको मृत्यु, सँगै गएका ८ साथी पक्राउ

चितवन- भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए ।साथीहरूसँग पौडी खेल्न गएका निजलाई डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

रामेछापमा फौजी कीराको प्रकोप

काभ्रे बाढी पहिरो : अस्थायी आवास बनाउन ८ महिनापछि पहिलो किस्ताको अनुदान पठ…

प्रतिक्रिया