नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।
नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।
यी हुन् रसुवा बाढीमा बेपत्ता हुने १८ जना (नामसहित)

त्रिशूलीमा भेटियो दुई जनाको शव
रसुवा बाढी : भन्सार क्षेत्रमा उद्धार गर्न गएका ११ जना उद्वारकर्मी नै फसे
_6MQQ8b1TiU_bpd8dhkc22gymz67fhhtyl3a8tybbgvc0mvzk3e5v1npockl5pro1k7ucvt8_vVu1bfSMjL_ojtevo2kna1d7oyu0alajmy6g2bpggjch9c4y7jotyq2jxqpnv0dhqwpasxs_7ohmZuCR0s_mczewiyso7aag62kesqlg3ruh4anpntjksnocsuiyfm8gx91cnodlzwkvi40.jpg)
रसुवा बाढी : ९ जनाको सकुशल उद्धार

रसुवा बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

प्रतिक्रिया