एमाले संसदीय दलको बैठक १ बजेदेखि

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ ।
हालै सरकारले प्रस्तुत गरेको बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको हो । बैठक दिउँसो १:०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेपछि एमालेले पहिलो पटक संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाका अनुसार सांसदहरुलाई बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलले स्पष्ट पार्ने कार्यसूची रहेको छ ।
बजेट विनयोजनका विषयमा कतिपय सांसदहरुमा भएका अष्पष्टता आजको बैठकले चिर्ने बर्तौलाले जानकारी दिए । उनका अनुसार संसद र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्धेश्यले आजको बैठक डाकिएको हो ।

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

उद्धार र राहतमा सक्रियतापूर्वक सहभागी हुन माओवादी कार्यकर्तालाई प्रचण्डको निर्दे…
आज संघीय संसद्का दुवै बैठक बस्दै

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

प्रतिक्रिया