मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

गृह मन्त्रालय र यातायात व्यवासयीबीच वार्ता समिति गठन गर्ने सहमति

सांकेतिक तस्वीर

सरकार र यातायात व्यवसायीबीच वार्ता समिति गठन गर्ने सहमति भएको छ । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र गृहमन्त्रालयमा सोमबार भएको छलफलमा वार्ता समिति गठन गर्ने सहमति भएको हो ।

मन्त्रालयमा गृहमन्त्री रमेश लेखकसँगको वार्तामा  यातायात व्यवसायीको माग सम्बोधन गर्नका लागि  वार्ता टोली गठन गर्ने सहमति जुटेको हो। वार्ताका लागि व्यवसायी पक्षबाट चार र सरकार पक्षबाट सात जना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ ।

सार्वजनिक यातायात बन्द गर्दा नागरिकमा पर्न गएको असुविधाप्रति गण्डकी प्रदेश सरकार जिम्मेवार हुनुपर्ने यातायात व्यवसायीहरुको भनाइ छ । गण्डकी सरकारले हालै राइड सेयरिङ नियमावलीप्रति आपत्ति जनाउँदै ७ बुँदे माग राखेर यातायात व्यवसायीहरू आन्दोलनमा  उत्रिएका हुन् ।