एकीकृत समाजवादीद्वारा माधव नेपालको मुद्दामा प्रतिरक्षाका लागि कार्यदल गठन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा दायर मुद्दाको प्रतिरक्षा गर्न कार्यदल गठन गरेको छ ।
अधिवक्ता परिवर्तन राईको संयोजकत्वमा गठित कार्यदलमा अधिवक्ता गजबहादुर ऐरी, अधिवक्ता दुर्गाप्रसाद चिमरिया र अधिवक्ता कपिलदेव ढकाल सदस्य छन् ।
मुद्दामा पार्टीका तर्फबाट कानुनी प्रतिरक्षाका लागि आवश्यक कागजात अध्ययन गरी कार्यदलले सम्मानित अदालतसमक्ष पार्टी सङ्गठनका तर्फबाट प्रतिरक्षा गर्ने केन्द्रीय कानुन विभाग प्रमुख डा देउमान सम्वाहाङ्फेले जानकारी दिए ।
विभागले कानुनी शासनका लागि दृढ प्रतिबद्ध रही राजनीतिक ढङ्गबाट भएका गलत कार्यहरू जनतासमक्ष उजागर गर्ने जनाएको छ ।
सो प्रकरणमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई दोषी ठहर गर्दै आयोगले यही जेठ २२ गते रु १८ करोडभन्दा बढी बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

उद्धार र राहतमा सक्रियतापूर्वक सहभागी हुन माओवादी कार्यकर्तालाई प्रचण्डको निर्दे…
आज संघीय संसद्का दुवै बैठक बस्दै

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

प्रतिक्रिया