रूकुमपश्चिममा पानी बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु

त्रिवेणी (रूकुमपश्चिम)- बिहीबार साँझ रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकैको घुम्तीमा मिनीट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।
उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको मृत्यु भएको हो । सोही स्थानका ३४ वर्षीय सहचालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
उनका अनुसार रा१क १४१२ नम्बरको रारा प्रोसेसिङ कम्पनी प्रालि घोराही दाङबाट सञ्चालित मिनीट्रक दाङबाट रूकुमपश्चिम खलङ्गातर्फ पानीको जार लिएर आउँदै गरेको अवस्थामा दुर्घटना परेको थियो । ट्रकको ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब दुई सय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।

त्रिशूलीमा भेटियो दुई जनाको शव
रसुवा बाढी : भन्सार क्षेत्रमा उद्धार गर्न गएका ११ जना उद्वारकर्मी नै फसे
_6MQQ8b1TiU_bpd8dhkc22gymz67fhhtyl3a8tybbgvc0mvzk3e5v1npockl5pro1k7ucvt8_vVu1bfSMjL_ojtevo2kna1d7oyu0alajmy6g2bpggjch9c4y7jotyq2jxqpnv0dhqwpasxs_ByoIvKh93N_lqj0mqhvcerczftlcsncgscruod0zgnfrnyahlvpnebsnqbwohpbcbtlbklb.jpg)
रसुवा बाढी : ९ जनाको सकुशल उद्धार

रसुवा बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

रूखमा चढेर बाढीबाट यसरी बचेका थिए पाल्देन र मङ्गली, भयो सकुशल उद्धार (भिडिय…
रसुवा बाढी : कति छन् बेपत्ता ?
रसुवामा रहेका व्यापारी भन्छन्- गाडि जोगाउन खोज्दा ड्राइभरहरू बगेका छन्, छिट्टै …
_6MQQ8b1TiU_bpd8dhkc22gymz67fhhtyl3a8tybbgvc0mvzk3e5v1npockl5pro1k7ucvt8_MG3Lh2XhDL_cmm0ljvuygxtkcw86fs39jhszx9mupft0jc1br1z2ahragawmt1fvnbu38bg.jpg)
प्रतिक्रिया