देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने तेल र ग्यासलगायतका खनिज पदार्थ रहेको बताएका छन् ।
मिडिया इन्टरनेसनलद्वारा बिहीबार आयोजित अन्तक्र्रियामा उनले देशको प्राकृतिक स्रोत र जनशक्तिको सदुपयोगबाटै राष्ट्रलाई समृद्ध बनाउन सकिने बताए ।
उपप्रधानमन्त्री पौडेलले सही राजनीतिक नेतृत्व, स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यान्वयन भएमा विदेश पलायन भएका नेपाली युवालाई स्वदेशमै अवसर सृजना गर्न सकिने विश्वास व्यक्त गरे ।
मुलुकको दीर्घकालीन विकासलाई सम्बोधन गर्न बजेट केन्द्रित रहेको बताउँदै उनले भने, “हाम्रो जनशक्ति देशभित्रै कसरी रोक्ने र यहीँ अवसर कसरी सृजना गर्ने भन्ने उद्देश्यमा नै यो बजेट परिलक्षित छ ।”
जलस्रोत, प्रकृति र प्राकृतिक सम्पदाको सही सदुपयोग नै विकासको मूल आधार भएको उहाँको भनाइ थियो । सरकारले बजेटमार्फत युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न विशेष कार्यक्रम ल्याएको बताउँदै उपप्रधानमन्त्री पौडेलले सरकारले स्टार्टअप, सूचना प्रविधि (आइटी) र अन्य नवीनतम उद्यमशीलताका क्षेत्रमा नयाँ कार्यक्रम अघि सारेकाले यसको कार्यान्वयनसँगै युवाहरूले देशभित्रै आफ्नो भविष्य खोज्ने बलियो आधार तयार हुने उल्लेख गरे ।
मानिसले अन्तरिक्षमा सम्भावना खोजिरहेको अहिलेको अवस्थामा हामीले आफ्नै देशका सम्भावना खोज्नुपर्ने बताउँदै अर्थमन्त्री पौडेलले हामीसँग भएको प्राकृतिक सम्पदाको विशाल भण्डारलाई सही उपयोग गरी जनशक्तिलाई देशको विकास र समृद्धिमा परिचालित गर्नुपर्नेमा जोड दिए ।

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रतिक्रिया