भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

काठमाडौँ- भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरूबीच चर्को विवाद भएको छ ।
सिंहदरबारमा शुक्रबार बसको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरूले आपत्ति जनाएपछि चर्को विवाद भएको हो ।
बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरू बेचिनुपरेकाले आफुहरूले छानविन समितिको माग गरको धारणा राखे ।
उनले संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरिह बनेर बस्ने गरेको टिप्प्णी गरेका थिए । सांसद पराजुलीले भिजिट भिसा प्रकरणको बिषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने मागसमेत गरे । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो ? भन्दै उनले प्रश्न गरेपछि सत्तापक्ष सांसदहरूले आपत्ति जनाएका थिए ।
नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानविन गरिरहेकाले समितिको बिषय नभएको बताएका थिए । उनले बिषयबस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै रुलिङ गर्न माग गरे ।
विवाद भएपछि समिति सभापति अव्दुल खानले बिषयबस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए । सांसद पराजुलीले आफ्नो समयभित्र बिषयबस्तु राख्दा आपत्ति हुनुपर्ने कारण स्पष्टसँग चाहिने बताए । त्यसपछि पुन कांग्रेस सांसद थापाले आफुहरूलाई निरिह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ मानवतस्करीको विरोध आफुहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो ? भन्दै आक्रोशित भएका थिए । रास्वपा सांसद पराजुलीले मानवतस्करीबिरुद्ध सवैको एकमत भए छानविन समिति गठन गर्न चुनौति दिए ।
पुन: विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले बिषयबस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका बिषयमा छानविनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखे ।
त्यसपछि आफुले बोलेको बिषयमा नै छानविन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाएका थिए । त्यसपछि फेरि विवाद भएपछि सभापति खानले बिषयबस्तुमा बोल्न आग्रह गरेका थिए ।
अन्तिममा सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहोर्याएका थिए ।

उद्धार र राहतमा सक्रियतापूर्वक सहभागी हुन माओवादी कार्यकर्तालाई प्रचण्डको निर्दे…
आज संघीय संसद्का दुवै बैठक बस्दै

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

प्रतिक्रिया