न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

न्यूरो केयर फाउन्डेशन नेपालको आयोजनामा राजधानीमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर आयोजना हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको संयोजनमा हुन लागेको शिविर यही असार ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म गोकर्णेश्वर महादेव मन्दिरमा संचालन हुनेछ ।
शिविरमा वरिष्ठ न्यूरो सर्जन डाक्टर गोपालरमण शर्माबाट पनि बिरामीहरूको चेक जाँच गरिने वीर अस्पतालमा कार्यरत चीफ कन्सलट्यान्ट न्यूरो सर्जन डाक्टर विनोद राज भण्डारीले जानकारी दिनुभयो । न्यूरो तथा स्पाइन जाँच सहित शिविरमा काठमाडौं न्यूरो बागबजारको प्राविधिक सहयोग रहनेछ ।
डाक्टर राजभण्डारीका अनुसार ब्रेन ट्यूमर, मस्तिष्कघात, टाउको तथा ढाड दुखाई लगायतका समस्याबाट पीडितहरूले पनि शिविरबाट निुशल्क सेवा लिन सक्नेछन् । शिविरमा डाक्टर शर्मा र राजभण्डारी सहित, डाक्टर अनिशमान सिंह र डाक्टर प्रसन्न कार्की पनि संलग्न हुनुहुनेछ ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया