कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्य समितिको बैठक बस्दैछ ।
आज बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ ।
तर, यसअघि कांग्रेसले पूर्वनिर्धारित बैठक असार १५ गते बस्ने गरी बोलाएको थियो ।
पुर्व मन्त्री ढुण्डीराज शाष्त्रीको निधन भए पछि आकस्मिक रूपमा सो केन्द्रीय समिति बैठक बोलाइएको बुझिएको छ। बैठकमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।
शास्त्रीको पार्थिव शरीरलाई भोलि बिहान ९:०० देखि ११:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीबाट शवयात्रा सुरु गरिनेछ भने शाष्त्री २०४८ र २०५१ मा शास्त्री अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रतिक्रिया