पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म

इस्लामबाद- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ आफ्नो राजनीतिक बयानका लागि मात्रै होइन, उनको व्यक्तिगत जीवन पनि चर्चामा रहने गरेका छन् ।
उनले अहिलेसम्म चार पटक विवाह गरिसकेका छन् तर पाकिस्तानी मिडियामा उनको पाँच श्रीमती रहेको दाबी पनि गरिएको छ ।
पहिलो पत्नीः नुसरत बट
शहबाज शरीफको पहिलो विवाह सन् १९७३ मा नुसरत बटसँग भएको थियो, जब उनी २२ वर्षको थिए । यस विवाहबाट उनका दुई छोरा र दुई जुम्ल्याहा छोरी छन् । यो सम्बन्ध करिब २० वर्षसम्म चल्यो र त्यसपछि सन् १९९३ मा उनीहरूको सम्बन्धविच्छेद भयो । चाखलाग्दो कुरा के छ भने शाहबाज केही वर्षअघि मनी लान्ड्रिङको मुद्दामा फसेका थिए, जसमा नुसरतको नाम पनि आएको थियो र उनी अदालतमा हाजिर हुनुसमेत परेको थियो ।
दोस्रो पत्नीः आलिया हनी
शहबाज शरीफको आलिया हनीसँगको विवाह सबैभन्दा विवादित रह्यो । सन् १९९३ मा नुसरतसँग सम्बन्धविच्छेद भएपछि उनले मोडल आलिया हनीसँग गोप्य विवाह गरेका थिए । शाहबाज त्यतिबेला पञ्जाबका मुख्यमन्त्री थिए र उनले आफ्नी श्रीमतीको घरमा सहज पहुँच पुर्याउन ‘हनी ब्रिज’ नामक पुल बनाएको आरोप लागेको थियो । तर, यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । सन् १९९९ मा जब पाकिस्तानमा विद्रोह भयो र नवाज शरीफलाई देशबाट निष्कासित गरियो । त्यसपछि शाहबाज र आलिया साउदी अरब गए तर रहस्यमय परिस्थितिमा आलियाको मृत्यु भयो ।
तेस्रो श्रीमतीः नरगिस खोसा
सोही वर्ष अर्थात् १९९३ मा शाहबाजले नरगिस खोसासँग पनि विवाह गरेका थिए । नरगिस पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) का तत्कालीन महानिर्देशक तारिक खोसाकी बहिनी हुन् । शाहबाजको परिवारले यो विवाहलाई स्वीकार गर्न सकेन र अन्ततः दुवैले छुट्टिनु पर्यो ।
चौथो श्रीमतीः तेहमीना दुर्रानी
सन् २००३ मा शेहबाजले पाकिस्तानी लेखिका र सामाजिक कार्यकर्ता तेहमीना दुर्रानीसँग विवाह गरे । तेहमिनाले ‘माई फ्युडल लर्ड’ नामक चर्चित पुस्तक लेखेकी छिन् । विवाहअघि दुवै जना करिब ८ वर्षसम्म सम्बन्धमा थिए । यो पनि गोप्य विवाह थियो र पछि दुबईमा आयोजित एक पार्टीमा खुलासा भएको थियो । यो विवाह अझै कायम छ र तेहमीना दुर्रानी हाल शाहबाजकी वर्तमान पत्नी हुन् । उनी स्टेट बैंक अफ पाकिस्तानका पूर्व गभर्नर उल्लाह दुर्रानीकी छोरी हुन्।
पश्चिम एसियाको तनावबारे इरान, रूस र टर्कीएबीच उच्चस्तरीय वार्ता

लाओसमा डेङ्गु सङ्क्रमण घट्दै

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

प्रतिक्रिया