मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

निजामती विधेयकमा माओवादीले राजनीति गर्‍योः सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका बिषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले निजामती विधेयकलाई रोक्ने सरकारको कुनै योजना नरहेको भन्दै यस बिषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएक हुन् । सरकारकै पहलका कारण उक्त विधेयक समितिबाट छिटो पारित भएर संसदमा आएकाले प्रतिपक्षीले अनावश्यक राजनीति गर्न जरुरी नरहेको उनले बताए ।

बर्तौलाले प्रधानमन्त्रीले समेत उक्त विधेयक छिटो पारित गर्ने वातावरण बनाउन निर्देशन दिइसक्नुभएको जानकारी दिए। निजामति विधेयकका सन्दर्भमा कुनै आशंका नगर्न उहाले आग्रह गरे । बर्तौलाले असार १५ गते अगाडी नै सम्बन्धित बिभागीय मन्त्रीसंग छलफल गरेर उक्त विधेयकलाई सदनबाट अघि बढाइने दावी गरे ।

उनले अहिले असारमसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने अवस्था भएकाले नियमित विधेयकलाई रोकेर बजेटमाथिको छलफललाई तीव्रता दिइएको बताए ।