'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने, खल्ती भोटिङ पार्टनर

काठमाडौँ- बहुप्रतिक्षित प्रतिस्पर्धात्मक पाककला रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ को निर्देशकमा अमन प्रताप अधिकारी अनुबन्धित भएको धर्म पिक्चर्सले जानकारी दिएको छ । डन डाइरेक्टरको उपनामले परिचित निर्देशक अधिकारी चर्चित छन् ।
उनले रियालिटी शो हिमालय रोडिज, को बन्छ करोडपतिरु, ऐना, कृपा अनप्लगड लगायतका शो सफलतापूर्वक निर्देशन गरिसकेका छन् । उहाँले पोएट आइडल नामक विश्वकै पहिलो कवितात्मक रियालिटी शोको निर्माण तथा निर्देशन गरेका छन् ।
निर्देशक अधिकारीले निर्देशन पाककला रियालिटी शो मार्फत नेपाली खाना तथा पाककलाको परम्पराको आधुनिकिकरण हुने अपेक्षा गरिएको छ । शोमा अधिकारीको आबद्धताले शोको गुणस्तर वृद्धि हुने विश्वास लिइएको छ ।
नेपालको पहिलो व्यावसायिक शेफहरुको पाककला प्रतियोगिताले परम्परागत एवं आधुनिकतालाई प्रतिनिधित्व गर्ने कुशल शेफ चयन गरिनेछ । यो रिटालिटी शो आगामी सेप्टेम्बरमा छायाँकन सुरु हुनेछ भने अक्टोबरदेखि प्रसारण सुरु हुनेछ ।
डिजिटल वालेट खल्ती यस शो को रजिष्ट्रेसन तथा भोटिङ्ग पार्टनरको रुपमा आवद्ध भएको पनि शेफ नेपालले घोषणा गरेको छ । अब खल्ती एपबाट पनि सहभागी हुनका लागी आवेदन दिन सकिने छ । आवेदन जुन महिनाको अन्त्यसम्मका लागी खुल्ला राखिएको छ ।
विशेष गरी डेमी शेफ दि पार्टि (DCDP) भन्दा माथिका शेफहरु सहभागी हुन सक्ने छन् । कमर्सियल किचनमा ५ वर्ष भन्दा बढि समय काम गरेको अनुभव अनिवार्य गरिएको छ । खल्ती एप नभएको खण्डमा शेफ नेपालको वेबसाईट www.chefnepal.com मार्फत पनि आवेदन दिन सकिने छ ।
प्रतियोगिताका लागि १०० शेफहरुको आवेदन लिइनेछ । हालसम्म १३ देशमा प्रोफेशनल शेफका रुपमा स्थापित ५० भन्दा बढी आवेदन छनोट भइसकेका छन् ।

त्रिशूलीमा भेटियो दुई जनाको शव
रसुवा बाढी : भन्सार क्षेत्रमा उद्धार गर्न गएका ११ जना उद्वारकर्मी नै फसे
_6MQQ8b1TiU_bpd8dhkc22gymz67fhhtyl3a8tybbgvc0mvzk3e5v1npockl5pro1k7ucvt8_vVu1bfSMjL_ojtevo2kna1d7oyu0alajmy6g2bpggjch9c4y7jotyq2jxqpnv0dhqwpasxs_ByoIvKh93N_lqj0mqhvcerczftlcsncgscruod0zgnfrnyahlvpnebsnqbwohpbcbtlbklb.jpg)
रसुवा बाढी : ९ जनाको सकुशल उद्धार

रसुवा बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

रूखमा चढेर बाढीबाट यसरी बचेका थिए पाल्देन र मङ्गली, भयो सकुशल उद्धार (भिडिय…
रसुवा बाढी : कति छन् बेपत्ता ?
रसुवामा रहेका व्यापारी भन्छन्- गाडि जोगाउन खोज्दा ड्राइभरहरू बगेका छन्, छिट्टै …
_6MQQ8b1TiU_bpd8dhkc22gymz67fhhtyl3a8tybbgvc0mvzk3e5v1npockl5pro1k7ucvt8_mQoryp45MY_7pm9pkxaxxbc7yhbtpdzyxroznmzzfaaefaaa6xa999gzz8ns53ceqhes9po.jpg)
प्रतिक्रिया