डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा
सूर्योदय नगरपालिका–१ स्थित धजे-मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ ।
“डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ”, ८० वर्षीय वीरबहादुर राईले भने । ६० वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्छिन्, “पहिला एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपथ्र्यो, आजकल घरमा धारा बग्दा जीवन नै फेरिएको महसुस हुन्छ ।”
विसं २०७५ देखि सुरु गरिएको धजे-मकरजुङ खानेपानी आयोजना २०८१ साल चैत २ गते सम्पन्न भई हाल एक सय ६७ घरमा धारा जडान गरिएको छ । कोशी प्रदेश सरकारको रु ५८ लाख २० हजारमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष टीका सापकोटाले बताए ।
जोगमाई खोलाबाट ९.८ किलोमिटर लामो पाइप लाइन बिछ्याएर ल्याइएको पानी सञ्चालनमा आएसँगै यहाँका नौ सय ४० उपभोक्ता लाभान्वित भएका छन् ।
शनिबार मकरजुङको सार्वजनिक भवनमा एक भव्य समारोहका बीच कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रूपमा आयोजनाको उद्घाटन गरे । प्रदेशसभा सदस्य लिम्बूले सुक्खा क्षेत्रसम्म पानी ल्याउन अनेकौँ चुनौती झेलिएको उल्लेख गरे ।
“अब धजे-मकरजुङका बासिन्दाले शुद्ध पानी पाउनुभएको छ, खानेपानी हाहाकार अन्त्य भएको छ”, उनले भने । उपभोक्ता समितिका अध्यक्ष सापकोटाका अनुसार योजनाअन्तर्गत ५० घनमिटर क्षमताका दुई र १० घनमिटर क्षमताका तीन थान ट्याङ्की निर्माण गरिएका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापा चन्द्रगढीका प्रमुख विकास काफ्लेले आयोजना निर्माणले स्थानीयको समस्या समाधान भएको बताए । रासस

त्रिशूलीमा भेटियो दुई जनाको शव
रसुवा बाढी : भन्सार क्षेत्रमा उद्धार गर्न गएका ११ जना उद्वारकर्मी नै फसे
_6MQQ8b1TiU_bpd8dhkc22gymz67fhhtyl3a8tybbgvc0mvzk3e5v1npockl5pro1k7ucvt8_vVu1bfSMjL_ojtevo2kna1d7oyu0alajmy6g2bpggjch9c4y7jotyq2jxqpnv0dhqwpasxs_ENN8aBerZ9_gwjxz2ondfqgxc5kqe3gaptzusxatsv7qorcfaoicmrf0bu1zkcxmdwwovmz.jpg)
रसुवा बाढी : ९ जनाको सकुशल उद्धार

रसुवा बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

रूखमा चढेर बाढीबाट यसरी बचेका थिए पाल्देन र मङ्गली, भयो सकुशल उद्धार (भिडिय…
रसुवा बाढी : कति छन् बेपत्ता ?
रसुवामा रहेका व्यापारी भन्छन्- गाडि जोगाउन खोज्दा ड्राइभरहरू बगेका छन्, छिट्टै …
_6MQQ8b1TiU_bpd8dhkc22gymz67fhhtyl3a8tybbgvc0mvzk3e5v1npockl5pro1k7ucvt8_mQoryp45MY_7pm9pkxaxxbc7yhbtpdzyxroznmzzfaaefaaa6xa999gzz8ns53ceqhes9po.jpg)
प्रतिक्रिया