विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

काठमाडौँ- लामो समयदेखि विदेशमा रहेर आफ्नो पेशामा अब्बल मानिएका जुम्लाका विनोद शाही स्वदेश फर्किएर 'अन्त नसरे' बोलको गीत सार्वजनिक गरेका छन् ।
उनले आफुभित्र रहिरहेको अभिनय कला र सृजनालाई दर्शक माँझ पस्किँदै यसैमा केहि गर्ने सोचेर कर्णबाघ प्रोडक्सनको स्थापना गरेर अघि बढ्ने बिचार गरेर उनले पहिलो प्रस्तुतिको रुपमा 'अन्त नसरे' बोलको गीतलाई निर्माण गरे जव गीतको सार्वजनिक भएपछि आफुले पाएको हौसलाबाट उनी थप अझै केहि गर्ने सोचमा अघि बढेका छन् ।
उनले बुधबार राजधानीमा एक भब्य समारोह आयोजना गरी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी सहित सांसदहरु ज्ञानेन्द्र बहादुर शाही,कान्तिका सेजुवाल , दयाल बहादुर शाही लगायत पुर्वमन्त्री मोहन बानियाँ, एमालेका नेता गोरख बहादुर बोगटी,शान्तिलाल महत लगायत कर्णाली प्रदेशका बुद्धिजीवी ,पत्रकार लगायतको बाक्लो उपस्थितिमा गीतको अडियो तथा भिडियो सार्वजनिक गरे तब उनको चर्चा एकाएक बढ्यो ।
चर्चित सर्जक दीपक शर्माको शब्द,सँगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी र बेनिशा पौडेलको युगल स्वरमा तयार पारिएको छ ।
गीतको म्युजिक भिडियोको प्रर्शन गरेपछि प्रमुख अतिथि मन्त्री शाही लगायत राजनीतिक दल र जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि यस्ता कला र सस्कृतिको मतत्वपूर्ण भूमिका रहेको भनी उनको प्रसंशा गरे जसमा विनोद शाहीको निर्देशन र अभिनय रहेको छ ।
पहिलो कामबाट हौसिएका विनोदले कर्णालीको बिकासको लागि विभिन्न डकुमेन्ट्री र चलचित्र समेत निर्माण गर्ने बिचारमा लागेका छन् । अब उनले छिट्टै आफ्नो नयाँ प्रोजेक्ट जुम्लाको बारेमा बनाइएको डकुमेन्ट्रीको रिलिज र फिल्मको घोषणा गर्ने कार्यक्रम तय गरेका छन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया