बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

नयाँ दिल्ली- भारतको बेङ्गलुरु सहरका करिब ४० वटा विद्यालयमा शुक्रबार बिहान बम राखिएको भन्दै धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन् ।
धम्की दिने इमेलमा कक्षाकोठाहरूमा कालो प्लास्टिक झोलाभित्र विस्फोटक पदार्थ राखिएको भनिएको थियो । उक्त खबर लगत्तै प्रहरी, बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरसहितको टोली विद्यालयहरूमा पुगेर व्यापक खोजतलास गरे पनि कुनै विस्फोटक सामग्री फेला परेको छैन ।
यो घटनाले विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकमाझ ठूलो चिन्ता र त्रास फैलाएको थियो । हालै राजधानी दिल्ली र पंजाबको अमृतसरस्थित गोल्डेन टेम्पलमा पनि यस्तै प्रकृतिका धम्कीहरू प्राप्त भएका थिए, जसले गर्दा यस्ता घटनाहरूबीच सामाजिक अस्थिरता फैलाउने नियत हुन सक्ने आशंका गरिएको छ ।
गत वर्ष पनि यस्ता नक्कली बम धम्कीहरूले विद्यालय, अस्पताल, होटल र विमानस्थलजस्ता सार्वजनिक स्थानहरूमा त्रासदीपूर्ण स्थिति सिर्जना गरेका थिए ।
प्रहरीले घटनाको डिजिटल फरेन्सिक अनुसन्धान सुरु गरिसकेको छ र दोषीलाई कडा कारबाही गरिने जनाएको छ । (सिन्ह्वा)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

प्रतिक्रिया