ओडेसामा रूसी आक्रमण, एकको मृत्यु
किभ- युक्रेनको ओडेसा शहरमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा एक जनाको ज्यान गएको र अन्य केही घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। ओडेसाका मेयर गेन्नाडी ट्रुखानोभका अनुसार, २० भन्दा बढी ड्रोन विभिन्न दिशाबाट शहरमा प्रवेश गरेका थिए, जसका कारण केही नागरिक संरचनामा क्षति पुगेको र एउटा आवासीय भवनमा आगलागीसमेत भएको बताइएको छ ।
स्थानीय आपतकालीन सेवाले उद्धारकार्यको क्रममा पाँच जनालाई जलेको भवनबाट सुरक्षित निकालिएको भए पनि तीमध्ये एक महिलाको निधन भएको पुष्टि गरिएको छ । ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण ओडेसा शहर हाल युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत रहेको र पछिल्ला समयमा बारम्बार आक्रमणको शिकार हुँदै आएको उल्लेखनीय छ ।
उता, रूसी रक्षा मन्त्रालयले आफ्नो वयानमा शुक्रबार साँझको पाँच घण्टाको अवधिमा ८७ युक्रेनी ड्रोन ध्वस्त पारिएको जानकारी दिएको छ, जसमा ब्रियान्स्क र मस्को क्षेत्रहरू पनि समावेश छन् । पछिल्ला केही हप्तामा युक्रेनभर रूसी आक्रमणहरू पुनः तीव्र हुँदै गएका छन्, जसका कारण सर्वसाधारण जनतामा चिन्ता बढिरहेको देखिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शान्ति वार्तातर्फ अगाडि नबढिएमा रूसमाथि थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । यसैबीच, युरोपेली संघ र बेलायतले पनि संयुक्त रूपमा रूसी तेल निर्यातमा मूल्य सीमा घटाउने निर्णय लिँदै युद्ध अन्त्यका लागि आर्थिक दबाब सिर्जना गर्ने प्रयास गरेका छन् । (एएफपी)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

प्रतिक्रिया