‘ब्ल्याक विडो’ ढंगले रिलिज नगरेको भन्दै स्कारलेटले हालिन् डिज्नेविरुद्ध मुद्दा

लसएन्जल्स : ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोन्सनले आफ्नै फिल्मका वितरकविरुद्ध मुद्दा हालेकी छिन् । जोन्सनले सम्झौताअनुसार आफ्नो फिल्म रिलिज नगरेको भन्दै डिज्ने कोलाई मुद्दा हालेकी हुन् । जोन्सनको फिल्म हलसँगै डिज्नेको स्ट्रिमिङ साइट डिज्ने प्लसमा पनि रिलिज भएको थियो ।
मार्भलको ‘ब्ल्याक विडो’ हलसँगै स्ट्रिमिङ साइटमा रिलिजमा कयौं फिल्ममध्ये एक थियो । जोन्सनले स्ट्रिमिङ साइटको व्यापार बढाउन हल रिलिजमा सम्झौता गरिएको भन्दै असन्तुष्टि जनाएकी हुन् । जोन्सनले दर्ता गरेको मुद्दामा भनिएको छ, ‘मार्भलसँगको सम्झौताका बखत फिल्मलाई राम्ररी रिलिज गर्ने भनिएको थियो । तर डिज्नेले हस्तक्षेप गरेर राम्ररी रिलिज हुन पाएन ।’
त्यसैगरी जोन्सनले दायर गरेको मुद्दामा डिज्नेले जानी जानी बजार पुरै नखुल्दै फिल्म रिलिज गरेको र यसो गर्नुका पछाडि डिज्ने प्लसको व्यापार बढाउने उद्देश्य रहेको पनि जिकिर गरिएको छ । मार्भलको फिल्म डिज्नेमा रिलिज गर्दा जोन्सनको कुरालाई ध्यान नदिएको पनि आरोप लगाइएको छ ।
जोन्सनको मुद्दामा प्रतिक्रिया दिँदै डिज्ने प्रवक्ताले जोन्सनले मुद्दा मामिला गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । आफूहरूले जोन्सनसँगको सम्झौताअनुसार नै फिल्म रिलिज गरेको पनि उनको जिकिर छ । उनले सम्झौताअनुसार थप २० मिलियन अमेरिकी डलर बराबरको रकम लगिसकेको पनि दाबी गरेका छन् ।
जोन्सनले केही दिन अघि मात्र आफू मार्भलको फिल्मको नदेखिने घोषणा गरेकी थिइन् । यो घोषणाको साता नबित्दै उनले डिज्नेविरुद्ध मुद्दा हालेकी हुन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया