अगस्ट १९ मा रिलिज हुने भयो अक्षयकुमारको ‘बेल बटम’

मुम्बई : जुलाई २७ मा रिलिज हुने घोषणा गरेर प्रचारप्रसारमा उत्रिएको ‘बेल बटम’मा महामारीको दोस्रो वेभपछि प्रदर्शन रोक्ने पहिलो फिल्म बनेको थियो । प्रदर्शन मिति नजिकिँदै गर्दा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि यो फिल्मले प्रदर्शन रोकेको थियो ।
बनेर पनि तयार भएका धेरै फिल्म बेलामा हलमा प्रदर्शन हुन नपाएपछि निर्माताले ओटीटी रिलिजको बाटो समात्दा अक्षयकुमारको यो फिल्म पनि ओटीटीमै रिलिज हुने सूचीको रुपमा चर्चा गर्ने गरिएको थियो । अक्षयकुमारले सामाजिक सञ्जालमा प्रदर्शन मितिको सानो क्लिप्ससहित जुलाई २७ को मिति घोषणा गरेका थिए।
भारतमा लकडाउन खुकुलो भएसँगै प्रदर्शन मिति घोषणा गर्नमा पनि यो फिल्म नै पहिलो बनेको छ । निर्माता पूजा इन्टरटेनमेन्टले शुक्रबार नयाँ घोषणा गर्दै अब यो फिल्म अगस्ट १९ मा रिलिज हुने बताएको छ ।
अक्षयकुमारले र एजेन्टको भूमिका निर्वाह गरेको यो फिल्ममा हुमा कुरेसी, बानी कपुर, लारा दत्ता आदि कलाकारको अभिनय रहेको छ । भारतका धेरै राज्यले ५० प्रतिशत अकुपेन्सीसहित हल खुलाउने निर्णय गरेका छन् । तर, हिन्दी सिनेमाको ठूलो बजार मानिने महाराष्ट्र र बिहारका हल भने अझै खुलेका छैनन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया