२५ लाख कहाँ र कसरी खर्च गर्दैछन् किरण गजमेर ?

काठमाडौं : शनिबार मध्यरातमा किरण गजमेर ‘भ्वाइस अफ नेपाल’ सिजन ३ को विजेता घोषित भए । अन्तिम प्रतिस्पर्धामा रहेका तारा श्रीष मगर, आर्यन तामाङ र ज्वाला राईलाई भोटिङमा उछिन्दै नेपाली मुलका भुटनिज किरणले उपाधि उचालेका हुन् । अझ अन्तिम क्षणमा तारा र किरणबीच टक्कर थियो । तर, भोटिङका आधारमा हुने निर्णयमा किरणले तारालाई उछिने ।
तेस्रो सिजनको विजेता भएसँगै किरणले २५ लाख नगद जितेका छन् । सांगीतिक प्रतियोगितामा कुनै पनि प्रतियोगीले पाएको यो रकम सर्वाधिक हो । अमेरिकीमा बस्दै आएका किरणले यो पैसाले के गर्छन् त ? किरण विजेता बनेसँगै सञ्चार माध्यमले यो प्रश्न उनलाई तेस्र्याए । मागेर घर चलाउने परिवारबाट यहाँसम्म आइपुगेको बताउँदै उनले जितेको रकम नेपालमा नै खर्चने बताए । यसमा पनि उनले आफूले संघर्षका कठिन दिन बिताएको शरणार्थी क्याम्पका लागि एम्बुलेन्स किन्ने सोचेको बताए ।
‘सबैभन्दा पहिला त म पूर्वको शरणार्थी क्याम्पका लागि एउटा एम्बुलेन्स किन्न चाहान्छु । बाँकी रकमले पश्चिममा आवश्यकता भएको कुनै पनि ठाउँका अर्को एम्बुलेन्स किनिदिने सोचेको छु,’ किरणले भने, ‘ २५ लाखबाट १ हजार रुपैंयाँ चाहिँ म मेरो मामुलाई दिन चाहान्छु । ’
झापाको खुदुनाबारी शरणार्थी क्याम्पमा हुर्किएका किरण गजमेर १२ वर्ष अघि अमेरिका पुगेका थिए । भ्वाइस अफ नेपालमा सहभागी हुनकै लागि नेपाल आएका उनले ब्लाइन्ड अडिसनमा गाएको ‘माया तीनपाते भइदियो’ले उनलाई संगीतप्रेमीबीच लोकप्रिय बनाइदिएको थियो ।

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

प्रतिक्रिया