फिल्मकर्मीलाई राहत दिन भन्दै विकास बोर्डले सरकारसँग माग्यो ५० करोड

काठमाडौं : चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई राहत दिने भन्दै सरकारसँग ५० करोड माग गरेको छ । बोर्ड सदस्य प्रकाश भट्टराईले प्रदर्शन हुन बाँकी रहेका चलचित्र, चलचित्र घर र श्रमजिवी चलचित्रकर्मीलाई राहत दिने भन्दै यो रकम माग गरेको हो । भट्टराईका अनुसार बोर्डले प्रदर्शन रोकिएका चलचित्रलाई १५ करोड, चलचित्र घरलाई ३० करोड र श्रमजिवी चलचित्रकर्मीको दैनिक जीवनयापनका लागि भन्दै ५ करोड माग गरेको हो ।
बोर्डले ३४ वटा चलचित्र तयार भएर पनि प्रदर्शन हुन नसकेको तथ्यांक पेस गर्दै १५ करोड माग गरेको जनाएको छ । निर्माताको जोखिम न्यूनीकरण तथा प्रदर्शनमा आउन प्रोत्साहित गर्न यो रकम माग गरिएको बोर्ड सदस्य भट्टराईले इकागजलाई जानकारी गराए ।
‘गत साल पनि इन्कोडिङ तथा पोस्टर छपाईका लागि भनेर बोर्डले सहुलियत दिने घोषणा गरेको थियो । करोडौं लगानी भएका फिल्मलाई बोर्डले दिएको सहुलियतले पक्कै पुग्दैन । उद्योग सुचारु गर्ने हो भने थप लगानी गर्नेपर्छ । बोर्डले यसैका लागि सरकारसँग रकम माग गरेको हो,’ भट्टराईले भने ।
बोर्डले १५ महिनादेखि हल बन्द रहेका खुलाउन पनि ३० करोड माग गरेको छ । बोर्डले १सय ९८ हलका लागि यो रकम माग गरेको हो । त्यसैगरी बोर्डले न्यून आय भएका श्रमजिवीको दैनिक जीवनयापनका लागि राहत घोषणा गर्न भन्दै ५ करोड माग गरेको हो ।

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

प्रतिक्रिया