गोपीकृष्ण र जय नेपाल हलले तिरेनन् सम्पत्ति कर

काठमाडौं : काठमाडौंका ठूला सिनेमा घर गोपीकृष्ण हल र जय नेपाल हलले घरजग्गा तथा सम्पत्तिकर नतिरेको भन्दै महानगरले सूचना जारी गरेको छ । महानगरले आइतबार ५२ कर नतिर्ने व्यक्ति तथा कम्पनीको सूची सार्वजनिक गर्दा यसमा काठमाडौँका दुई ठूला हल पनि कर नतिर्ने सूचीमा परेका हुन् ।
महानगरले सूची प्रकाशित गर्दा २८ वर्षदेखि ३ वर्षअघिसम्म कर नतिर्नेको सूची सार्वजनिक गरेको पनि जनाएको छ । यसमा गोपीकृष्ण र जय नेपालले कहिलेदेखि कर नतिरेका हुन्, महानगरले खुलाएको छैन ।
महानगरले कर बुझाउन वडा कार्यालयले पटकपटक पत्र पठाए पनि अटेर गरेको र अबको ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए कानुनी प्रक्रिया अपनाउने जनाएको छ । तोकिएको समयमा कर नतिर्नेलाई राजस्व ऐनको दफा १२ बमोजिम करदाताको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका काम गरी असुल गर्ने कानुनी प्रावधान छ ।
महानगरको कर नतिर्ने सूचनामा परेका जय नेपाल र गोपीकृष्ण दुवै यही साल बन्द भएको घोषणा गरेका हल हुन् । जग्गा लिजमा लिने कुरामा सहमति नभएपछि यो हल चलाइरहेको क्वेस्ट इन्टरटेनेमन्टले हल बन्द भएको जानकारी गराएको छ भने गोपीकृष्णले भने पूरानो संरचना भत्काएर मलसहितको सिनेमा घर बनाउने घोषणा गरेको छ ।
गोपीकृष्ण हलका मालिक फिल्म निर्माता उद्धव पौडेल हुन् । बालाजुस्थित राजस्व कार्यालयले पनि उद्धव पौडेलनै मुख्य सेयरहोल्डर रहेको चलचित्र विकास कम्पनीको कर विवरण पेस नगरेको र उल्टै कागज लिएर बेपत्ता भएको सूचना जारी गरेको थियो । सरकारले २६ रोपनी जग्गामध्ये पौडेलले गायब पारेर ६ रोपनी मात्र बाँकी राखेको पनि आरोप लगाएको थियो । सरकारले अहिले यो जग्गा पनि खोजी गरिरहेको जनाएको छ ।

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

प्रतिक्रिया