प्रियंका, कट्रिना र आलियालाई लिएर ‘दिल चाहता है’को फिमेल भर्सन बनाउँदै फरहान अख्तर

मुम्बई : ‘दिल चाहता है ’ प्रदर्शन भएको २० वर्षको उपलक्ष्यमा यसका निर्देशक फरहान अख्तरले यसको फिमेल भर्सन बनाउने घोषणा गरेका छन् । ‘जि ले जरा’ नाम दिइएको यो फिल्ममा प्रियंका चोपडा, कट्रिना कैफ र आलिया भट्ट रहनेछन् ।
फरहानले ट्वीटरमा भिडियो सेयर गर्दै फिल्को घोषणा गरेका हुन् । उनले थप जानकारी दिने क्रममा फिल्मको सुटिङ अर्को सालबाट हुने जानकारी गराएका छन् ।
हिन्दी सिनेमामा नयाँ युग भित्र्याउने फिल्म मानिएको ‘दिल चाहता है’ २० वर्षअघि आजैका दिन प्रदर्शनमा आएको थियो । फिल्ममा आमिर खान, सैफअलि खान र अक्षय खन्नाको मुख्य भूमिका रहेको थियो । फिल्ममा डिम्पल कपाडिया र प्रीति जिन्टा पनि महत्वपूर्ण भूमिकामा थिए ।
‘डन २’ पछि निर्देशन छाडेर अभिनयमा रमाइरहेका फरहान अख्तर १० वर्षपछि निर्देशनमा फर्कन लागेका हुन् । शाहरुख खान र प्रियंका चोपडाको यो फिल्मपछि फरहान पूर्ण रुपमा अभिनयमा होमिएका थिए । भर्खरै मात्र उनको ‘तूफान’ रिलिज भएको थियो जसले राम्रो समीक्षा पाउन सकेको थिएन ।
‘दिल चाहता है’ बड्डी ड्रामा थियो भने ‘जि ले जरा’ रोड मुभी रहने बताइएको छ ।
Did someone say road trip?
— Farhan Akhtar (@FarOutAkhtar) August 10, 2021
Thrilled to announce my next film as director and what better day than 20 years of Dil Chahta Hai to do it. #JeeLeZaraa with @priyankachopra #KatrinaKaif @aliaa08 will commence filming in 2022 and I cannot wait to get this show on the road. 😊❤️ pic.twitter.com/Ycg5tRnEeF

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया