अवरुद्ध महाकाली राजमार्ग खुल्यो

काठमाडौँ- लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको सतबाँझ-गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा मंगलबार बिहानैदेखि आवतजावत बन्द भएको थियो ।
पहिरोलाई दुईवटा जेसिबीको सहयाताले पन्छाएपछि दिउँसोदेखि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक वोधराज ओझाले जानकारी दिए ।
अवरुद्ध राजमार्ग खुलेसँगै राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको र रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको प्रहरीले बताएको छ । सडक विस्तारको काम चलिरहेको सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए ।

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

प्रतिक्रिया