बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

अफगानिस्तान मामलामा बाेल्न बाधा गर्ने सार्क बडापत्र

नेतृत्व कर्मचारी संयन्त्रको, खोजी राजनीतिक उच्च तहको

दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क)को कान्छो सदस्य मुलुक हो, अफगानिस्तान । जसले भारतको प्रस्तावमा सार्कमा प्रवेश पाएको हो । यतिबेला अफगानिस्तानको शासन सत्ता विद्रोही समूह तालिबानले कब्जा गरिसकेको छ । अमेरिका नेतृत्वको विदेशी फौज घर फर्कने सिलिसिला चलिरहँदा तालिबानले अफगानी सेनालाई सहजै घुँडा टेकाएर सत्तामा पुगेको हो । सत्तामा रहेका राष्ट्रपति असरफ घानी विदेश पलायन भएपछि तालिबान लडाकु सहजै राष्ट्रपति भवन छिरे । 

अफगानिस्तानमा नाटकीय ढंगले सत्तापुलट भएपछि त्यहाँको परिवर्तित अवस्थाबारे सार्कको आधिकारीक धारणा किन आएन भन्‍ने धेरैलाई लागेको छ । कतिपय नेपाली विद्वानहरूले समेत यसबारे प्रश्‍न उठाएका छन् । तर, धेरैलाई सार्कको वडापत्रबारे जानकारी नभएर पनि यस्तो प्रश्न उठेको हुनसक्छ । अथवा सार्क वडापत्रको धारा १० लाई विद्वानहरुले अध्ययन गर्न छुटाएका हुनसक्छन् । किनभने यो धारा वडापत्रको झण्डै अन्तिममा छ । 

एक मित्र मलुकको हैसियतमा राजनीतिक टिप्पणी गर्न मिल्छ । तर सार्क अध्यक्ष वा सदस्यको हैसियतमा छिमेकी मुलुकका राजनीतिक विषयलाई यस क्षेत्रीय मञ्चको मुद्दा बनाउन मिल्दैन । झन् दुईपक्षीय विषय त सार्कमा पर्नु नै हुँदैन । सार्क स्थापनाको यो बुँदा महत्वपूर्ण सर्त नै हो । दुईपक्षीय मात्र होइन अन्य ठूला विवाद छन् भने तिनलाई थाँती राखेर अन्य विषयमा छलफल गर्ने भनिएको छ ।

उसो त एक मित्र मलुकको हैसियतमा राजनीतिक टिप्पणी गर्न मिल्छ । तर सार्क अध्यक्ष वा सदस्यको हैसियतमा छिमेकी मुलुकका राजनीतिक विषयलाई यस क्षेत्रीय मञ्चको मुद्दा बनाउन मिल्दैन । झन् दुई पक्षीय विषय त सार्कमा पर्नु नै हुँदैन । सार्क स्थापनाको यो बुँदा महत्वपूर्ण सर्त नै हो ।

दुईपक्षीय मात्र होइन अन्य ठूला विवाद छन् भने तिनलाई थाँती राखेर अन्य विषयमा छलफल गर्ने भनिएको छ । तर यतिबेला नाम चलेका सञ्चारमाध्यमलगायतका महत्वपूर्ण मञ्चमा समेत सार्कले अफगानिस्तानका विषयमा बोल्नुपर्छ भन्‍ने आवाज उठिरहेको छ । समयको माग यही हो भने सार्कको चार्टरमा नै परिमार्जन गर्न आवश्यक छ । अन्यथा अफगानी सत्तामा तालिबान फर्केको विषयमा बोल्ने अधिकार सार्कलाई छैन । 

पूर्वराजदूत हुन वा आफूलाई करिअर डिप्लोम्याट् भन्‍न रुचाउने परराष्ट्रका कर्मचारी हुन, उनीहरूले समेत अफगानिस्तानबारे सार्क किन बोलेन भनेर प्रश्न उठाइरहेको देखिन्छ । यस्तो दृष्यले के देखाउँछ भने सार्क वडापत्रको मुल मर्म नै बुझाउन सकिएको छैन वा त्यसलाई वास्ता गरिएको छैन । यतिबेला नेपाल सरकारले अफगानिस्तानको घटनाक्रमलाई नजिकबाट नियाली रहेको बताएको छ ।

यो बाहेकको कुनै टिप्पणी नेपालले गर्न नै सक्दैन । सन् २०१४ देखि नेपाल सार्कको एकछत्र अध्यक्ष छ । भारत र पाकिस्तानको कारण सार्क शिखर सम्मेलन हुन नपाएर अध्यक्षको रूपमा रहेको नेपालले कुनै मुलुकको आन्तरिक विषयमा साझा धारणा बनाउने पहल गर्दा के हुन्छ ? यसबारे पक्कै लेखाजोखा परराष्ट्र मन्त्रालयले गरेकै होला । नेपालको आन्तरिक राजनीतिबारे छिमेकी मुलुकहरूको टिप्पणी आउँदा विदेशी हस्तक्षेप भयो, यसमा परराष्ट्र मन्त्रालय के गरेर बसेको छ ? भनेर प्रश्न गर्नेहरू नै अहिले अफगानिस्तानको विषयमा नेपाल किन बोलेन भनेर कुर्लिरहेका छन् । यस्तो कुर्लाइले नेपालको हितभन्दा पनि अहित गर्छ कि भन्‍ने कसैले सोचेको देखिएको छैन । 

बरु उनीहरूको प्रश्न अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारमा सरकारले किन ढिलाई गर्‍यो भन्‍ने हुनुपर्ने हो । अफगानिस्तानको राजनीतिमा त्यति ठूलो बदलाब आउँदै गर्दा त्यसले आफ्ना नागरिकको सुरक्षा अवस्थामा पार्ने असरबारे सरकारले अध्ययन गरी किन समयमै कदम चालेन भन्‍ने प्रश्नमा हामी सबै केन्द्रित हुनुपर्थ्यो । तर हाम्रो मुख्य चासो अफगानिस्तानमा बदलिएको राजनीतिमा सार्क र नेपालको धारणा खोई भन्‍नेमै रह्यो ।  

समस्यापछि तातेको परराष्ट्र

परराष्ट्र मन्त्रालयका अनुसार विभिन्‍न मुलुकको सहयोगमा करिब आठ सय बढी नेपालीलाई अफगानिस्तानबाट उद्धार गरिसकिएको छ । यी नागरिकलाई घर फर्काउन अमेरिका, बेलायत, क्यानडा, भारतले सहयोग गरेका हुन् । घर फर्कन नपाएर काबुलमै रहिरहेका नेपालीहरु सुरक्षित नै रहेको सूचना परराष्ट्रले पाएको छ । यद्यपि उनीहरू चाँडो भन्दा चाँडो नेपाल फर्कन चाहेकाले सरकार त्यसमा लागिपरेको छ ।

सरकारले जे जस्तो सूचना दिइरहे पनि अफगानिस्तानमा रहेका नेपालीको उद्धार समयमै हुन नसकेकै हो । यस विषयमा प्रश्न गर्न जरुरी नै छ ।  तर अफगानिस्तानको राजनीतिक मामिलाबारे सरकार बोलेन भन्‍न मिल्दैन । हो, नेपालले अफगानिस्तानको शान्ति सुरक्षाबारे धारणा राख्‍न सक्छ तर त्यहाँको आन्तरिक मामिलामा टिप्पणी गर्ने वा अर्ति दिन सक्दैन र मिल्दैन पनि ।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अफगानिस्तानको ठूलो जनसंख्याले खाद्य संकट सामना गरिरहेको छ । लाखौँ बालबालिका कुपोषणको शिकार बन्‍ने खतरा छ । यस समस्यासँग लड्न सार्कले सकेको सहयोग गर्नसक्छ ।  अफगानिस्तानमा जुनसुकै प्रकृतिको सरकार भएपनि मानवीय संकटमा आफ्नो छिमकीलाई सहयोग गर्नु सबै दक्षिण एसियाली मुलुकको कर्तव्य हो ।

नेपालले अहिलेका लागि अफगानिस्तानको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेका छौँ भन्‍नु नै उत्तम अभिव्यक्ति हो । अन्य मुलुकले पनि यही भनेका छन् । छिमेकी भारत मात्र होइन, अन्य शक्ति मुलुक पनि अफगानस्तान मामिलामा रनभुल्लमै छन् ।

अरु त अरु अफगानिस्तानको युद्धमा सहभागी बेलायत र अन्य नेटो सदस्यहरू समेत अफगानिस्तानको पछिल्लो अवस्थाबारे उति धेरै बोलिरहेका छैनन् । यस्तोमा परराष्ट्र मन्त्रालयले भदौ एक मा जारी गरेको विज्ञप्तिलाई परिपक्‍व मान्‍नुपर्छ । जसमा भनिएको थियो, ‘अफगानिस्तानको विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको छौँ’ । 

यस क्षेत्रको शक्ति मानिने भारतले समेत अफगानिस्तान मामिलामा ‘पर्ख र हेर’ को नीति लिइरहेको छ । चीनको पनि नीति भारतकै जस्तो छ । अफगानिस्तानमा व्यापारदेखि राजनीतिक चासो रहेको भारत र चीनले यस्तो नीति लिँदा कुनै किसिमको चासो नरहेको नेपालले एक कदमअघि बढेर धारणा राख्नु उपयुक्त हुँदैन । फेरि अफगानिस्तानमाथि धारणा राखेपछि आउने शक्ति मुलुकहरुबाट आउने प्रतिक्रिया धान्‍न नेपाली कूटनीतिक संयन्त्र कति सक्षम होला ? प्रश्न यो पनि छ । 

मानवीय संकट

अफगानिस्तानमा उत्पन्‍न मानवीय संकटलाई समाधान गर्न सार्कले भूमिका खेल्नसक्ने अवस्था भने रहन्छ । यसका लागि नेपालले सार्क अध्यक्षको हैसियतमा पहल गर्न सक्छ । यो विषयमा सार्क सदस्यहरूबीच समान धारणा बनाउन नेपालले कदम चाल्नसक्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अफगानिस्तानको ठूलो जनसंख्याले खाद्य संकट सामना गरिरहेको छ । लाखौँ बालबालिका कुपोषणको शिकार बन्‍ने खतरा छ ।

यस समस्यासँग लड्न सार्कले सकेको सहयोग गर्नसक्छ । अफगानिस्तानमा जुनसुकै प्रकृतिको सरकार भएपनि मानवीय संकटमा आफ्नो छिमकीलाई सहयोग गर्नु सबै दक्षिण एसियाली मुलुकको कर्तव्य हो । सार्क र यसको अध्यक्ष नेपाललाई अफगानी नागरिकले भोगिरहेको मानवीय संकटप्रति ध्यानआर्कषण गराउनु आजको आवश्यकता हो । 

अफगानिस्तानको जस्तो भूगोल विश्वका थोरै मुलुकको मात्र छ । भौगलिक अवस्थाका कारण नै अफगानिस्तानको क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा महत्व बढेको हो । नेपाल पनि विश्वका दुई शक्तिको बीचमा छ । यस्तोमा नेपालको भूराजनीतिक महत्वबारे पनि बाक्लै बहस भइरहन्छ । अनि नेपाल र अफगानिस्तानको तुलना पनि भइरहेकै छ । तर यी दुई मुलुकबीच तुलना गर्न लायकका कारण असाध्यै थोरै छन् । तर अफगानिस्तानको आन्तरिक राजनीति र त्यसलाई अस्थिर बनाउने घरेलु तथा अन्तर्राष्ट्रिय कारणबारे नेपालले पर्याप्त अध्ययन भने गर्नैपर्छ । अनि छिमेकीबारे राजनीतिक चिन्तन हुन पनि आवश्यक नै छ ।

अफगानिस्तान र दक्षिण एसिया 

अफगानिस्तानले सन् २००७ मा सार्कको सदस्यता लिएपछि बाँकी दक्षिण एसिया उसँग थप नजिक भएको हो । यद्यपि पाकिस्तान नजिकको छिमेकीका नाताले र भारत आफ्नै विभिन्‍न किसिमका चासोका कारण अफगानिस्तानसँग पहिलेबाटै नजिक थिए । अफगानिस्तानको आन्तरिक राजनीतिमा पाकिस्तान सधैँ सक्रिय देखिएको छ । तत्कालिन सोभियत संघसँग लड्न स्थापना गरिएको तालिबानलाई सघाउँदा होस् वा त्यहाँ गृहयुद्ध सुरु भइसकेपछिको अवस्थामा होस्, पाकिस्तानको भूमिका देखिएकै हो । कतिपय अवस्थामा पाकिस्तानलामाथि आरोप समेत लाग्‍ने गरेको छ, अफगानिस्तानको आन्तरिक राजनीतिलाई गिजोल्न भूमिका खेलेको भन्दै । 
उसो त अफगानिस्तानका लाखौँ नागरिकलाई पाकिस्तानले शरण दिएको पनि छ । अफगानिस्तानमा थप रडाको मच्चिदा पाकिस्तानले त्यहाँका अरु लाखौँ नागरिकलाई शरणार्थीका रुपमा आफ्नो भूमिमा बस्‍न दिनुपर्ने अवस्था छ । अफगानिस्ताानको पछिल्लो अवस्थाबारे रुस वा कतारको मध्यस्थतामा हुने गरेका सम्मेलनमा पनि पाकिस्तान अनिवार्य सहभागी हो । अफगानिस्तान छाड्ने सिलिसिलामा रहेको अमेरिकाले आउँदा दिनमा अफगानिस्तानको सुरक्षा व्यवस्था कसरी व्यवस्थापन गर्ने भन्‍ने विषयमा क्षेत्रीय शक्तिसँग परामर्श गर्दा पाकिस्तान छुट्दैन ।

यसकारण पाकिस्तानले अफगानी राजनीतिमाथि टिप्पणी गरिरहेको देखिएको छ । यसमा पाकिस्तान सार्क सदस्यका रुपमा भन्दा पनि अफगानिस्तानसँग सीमा जोडिएको मुलुकका हैसियतमा प्रस्तुत भइरहेको हो । पाकिस्तानकै जस्तो अवस्था बाँकी सार्क र नेपालको छैन ।

सार्कको कान्छो सदस्य रहेको अफगानिस्तानले पनि सार्कलाई प्राथमिकतामा राखेको पनि देखिएन । किनभने अफगानिस्तान सास्कृतिक, व्यापारिक, सुरक्षा लगायतका कारणले दक्षिण एसिया भन्दा मध्य एसियासँग नजिक रहने गरेको छ । २५ सय किलोमिटर भन्दा लामो सीमा, व्यापारिक, स्थानीय तहमा नागरिकबीचको सम्बन्धका कारण अफगानिस्तान र पाकिस्तान नजिक रहनु स्वभाविक हो । अनि दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र र विश्व राजनीतिमा मध्य शक्तिका रूपमा उदाएको भारतसँगको नातामा पनि अफगानिस्तान गम्भीर देखिएकै हो । तर त्यसबाहेकका दक्षिण एसियाली मुलुकसँग नजिक रहन अफगानिस्तानले आवश्यक ठानेन । 

अफगानिस्तानका लाखौँ नागरिकलाई पाकिस्तानले शरण दिएको पनि छ । अफगानिस्तानमा थप रडाको मच्चिदा पाकिस्तानले त्यहाँका अरु लाखौँ नागरिकलाई शरणार्थीका रुपमा आफ्नो भूमिमा बस्‍न दिनुपर्ने अवस्था छ । अफगानिस्ताानको पछिल्लो अवस्थाबारे रुस वा कतारको मध्यस्थतामा हुने गरेका सम्मेलनमा पनि पाकिस्तान अनिवार्य सहभागी हो ।

सार्कका कतिपय महासचिव अफगानिस्तान भ्रमणमा समेत गएनन् । अफागानिस्तानले पनि सार्कबाट खासै केही लाभ हुने देखेन । अफगानिस्तानसँग नेपालको कूटनीतिक सम्बन्ध कुनस्तरको छ भनेर बुझ्‍न एक्रिडेट गरेका राजदूतले एग्रिमो सहमति समेत नलिई फर्कनु पर्ने अवस्था नै काफी छ । अनि नेपालबाट कस्तो चासोका आधारमा अफगानिस्तानमाथि बहस गर्ने ? त्यो पनि माग भए बमोजिमको उच्च राजनीतिक स्तरमा । 

सार्कको अस्तित्व यस्ता राजनीतिक विषयमा बोलेर होइन, नबोलेर मात्र हुने हो । यसको चार्टरलाई पछ्याउने हो भने पनि हामीले प्राप्त गर्ने सन्देश यही नै हुन्छ । विश्व व्यापार संगठन (डब्लुटीओ)ले कोभिड खोप यस्तो वा त्यस्तो हुनुपर्छ भनेर लेख्यो भने के हुन्छ ? अनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालको जीडीपी यति अमेरिकाको यती भन्दै दाँजेर जथाभावी अभिव्यक्ति दिन थाल्यो भने के हुन्छ ? 

सार्कको फ्रेममा बसेर अफगानिस्तानको राजनीतिबारेमा बोल्नु भनेको हामी रहेको क्षेत्रीय संगठनको मूल मर्मविपरीत हुन जान्छ । हो, अफगानिस्तानमा आएको जस्तो समस्या अन्य मलुकमा आउन सक्छ । यस्ता समस्याबारे सार्कले बोल्ने हो भने पहिले यससंगठनको चार्टर नै परिमार्जन गरौँ । अन्यथा सार्क सदस्य मुलुकहरुको आन्तरिक राजनीतिमा तटस्थ नै रहन दिन उचित हुनेछ । नेपालकै संविधानको विषयमा सार्क सदस्य मुलुकले बोलेको भए के हुन्थ्यो ? भारतले छिमेकीको नाताले बोल्दा त बोल्दा त नेपाल तरंगीत बन्यो भने नेपालबाहेका सदस्य संगठित भएर बोलेको भए के हुन्थ्यो ? 

अन्त्यमा 
सार्कको शिखर सम्मेलन हुँदा समेत राजनीति विषय उठाउन र कुरा गर्न नपाउने भएपछि त्यसका लागि अनौपचारिक फोरम भन्दै रिट्रिट लैजाने चलन नै छ । त्यो सार्क फ्रेमभन्दा बाहिरको विषय हो । त्यहाँ अनौपचारिक रुपमा सबै खाले छलफल हुनसक्छ । त्यो बाहेक अन्य पाटोमा सार्कले बहस आयोजना गर्न मिल्दैन । पाकिस्तान १९ औँ सार्क शिखर सम्मेलनको अन्तिम तयारीमा जुटिरहँदा सार्कका चार सदस्य संगठित हुँदै त्यहाँको आन्तरिक राजनीतिलाई कारण देखाउँदै आफूहरू उपस्थित हुन नसक्ने भन्‍नु पनि गलत थियो । फेरि त्यही गल्ति सार्क भित्र दोहोरिन हुँदैन ।

सीमा जोडिएकै हिसावले पाकिस्तानले आफ्नो तवरले पहल गरिरहेको पाकिस्तानले समेत सार्कलाई अफगानिस्तान मामिलामा तानेको छैन । जवकी सांघाई कोअपरेसनले अफगानिस्तान मामिलामा आउँदा दिनमा भूमिका खेल्न सक्छ ।

कुनै पनि संस्थाले संरचना तया गर्दा त्यो संस्था कस्तो बनाइएको छ र त्यसले कस्तो भूमिका निर्वाह गर्ने स्पष्ट पारिएको हुन्छ । सार्कको पनि चार्टर आफैमा स्पष्ट छ । बरु सार्कलाई पनि आसियान जस्तो राजनीतिक नेतृत्व दिने गरि लैजान पर्‍यो । सार्कलाई कर्मचारी संयन्त्रले नै चलाउने मिल्ने बनाउने अनि क्षेत्रीय राजनीतिक विषयमा नेतृत्वदायी भूमिका खेलेन भनेर प्रश्न उठाउनु कत्तिको जायज हो ? यसमा विमर्श हुन आवश्यक छ ।

यति हुँदाहुँदै पनि सार्क अध्यक्ष नेपालले अफगानिस्तान समेत सहमत भएको खण्डमा यस क्षेत्रको शान्तिका लागि भन्दै फरक ढंगले बैठक बोलाउन सक्छ । तर, अफगानिस्तान बाहेकको मुलुक बसेर बहस र छलफल गर्ने कुनै छुट नै सार्कमा छैन ।

यद्यपि सार्कको अध्यक्ष वा सदस्यको हैसियतमा नभई यस क्षेत्रको चिन्तक मुलुकको हैसियतमा सार्कमा रहेका केही मुलुकलाई राखेर यस क्षेत्रको शान्ति बारे बहस र छलफल गराउन सक्छ । तर, नेपालले यसमा नेतृत्व लिन सक्ने हैसियत राख्छ ? जबकी भारत आफैँ आयोजना गर्नु त परको कुरा अरुले आयोजना गरिरहेको कैयन बैठकमा समेत बोलाइएको छैन् ।

यसले के देखाउँछ भने अफगानिस्तानको आन्तरिक राजनीति सार्क वा सार्क सदस्यको हैसियत भन्दा धेरै परको मुद्दा हो । सीमा जोडिएकै हिसाबले पाकिस्तानले आफ्नो तवरले पहल गरिरहेको पाकिस्तानले समेत सार्कलाई अफगानिस्तान मामिलामा तानेको छैन । जवकी सांघाई कोअपरेसनले अफगानिस्तान मामिलामा आउँदा दिनमा भूमिका खेल्न सक्छ । किनभने त्यो संगठनको आधार नै क्षेत्रीय सुरक्षा हो ।