सान्चो र भारान म्यानचेस्टर युनाइटेडको पहिलो एघारमा
काठमाडौँ-इंग्लिस प्रिमियर लिगमा आइतबार तीन खेल हुँदैछन् । दिनको पहिलो खेलमा बर्नलीले लिड्स युनाइटेडलाई आतिथ्यता प्रदान गर्दैछ भने दोस्रो खेलमा टोटनहम र वाटफोर्ड भिड्दैछन् । यस सप्ताहन्तको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेड मोलिन्यु रंगशाला पुग्नेछ ।
उल्भरह्याम्पटनसँगको खेलमा ओले गनर सोल्स्यारले आफ्ना दुई नयाँ खेलाडीलाई मौका दिने भएका छन् । यसै सिजन युनाइटेडसँग आबद्ध भएका जेडोन सान्चो र राफाएल भारान पहिलो पटक पहिलो एघारमा पर्नेछन् । बोरुसिया डर्टमन्डबाट इंग्ल्यान्ड फर्केका सान्चोले युनाइटेडमा दुई लिग खेल खेलिसकेका छन् । तर दुवै खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरे । भारानले भने नयाँ क्लबमा खेल्ने मौका पाइसकेका छैनन् ।
नर्वेजियन प्रशिक्षक सोल्स्यारले दुवै खेलाडी उल्भरह्याम्पटनसँगको खेलका लागि तयार रहेको बताएका छन् । ‘कारणवश जेडोन र राफाएलले ढिलोगरी प्रि–सिजन सुरु गरे । तर अहिले उनीहरु दुवैजना तयार भएका छन् । काभानी बिदाबाट भर्खरै फर्केका छन् । लिग खेल्न उनलाई केही समय लाग्न सक्छ,’ सोल्स्यारले भने ।
उनले स्कट म्याकटोमिने, मार्कस रासफोर्ड र एलेक्स टेलेसको रिह्याब चलिरहेको पनि जानकारी दिए । गोलरक्षक डिन हेन्डरसन पनि कोभिड–१९ संक्रमणबाट मुक्त भएको सोल्स्यारको भनाइ थियो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया