एउटा कार आउने पैसा तमन्नाको एउटै लुगामा खर्च

मुम्बई : अभिनेत्रीहरू महंगो लुगा लगाउन परिचित छन् । बेला बेलामा उनीहरूले लगाउने यस्तो लुगाको चर्चा पनि हुने गर्छ । यतिबेला तमन्ना भाटियाले लगाएको एउटा लुगा यसैगरी चर्चामा छ ।
तमन्नाले आजभोलि मास्टरसेफमा तेलगु भर्सन सञ्चालन गर्छिन् । यो क्रममा शनिबार उनले एउटा गाउन लगाएकी थिइन् जुन मार्चेसा ब्रान्डको थियो । मत्स्य आकारको काला रंगको गाउनमा फूलको बुट्टा कुँदिएको थियो । यस्तो लाग्थ्यो तमन्नाले यो लुगामा राम्रै रकम खर्च गरेकी छिन् ।
नभन्दै अनलाइनमा यो लुगाको मूल्य हेर्ने हो भने ६ हजार डलर हाराहारी छ जुन भारतीय रुपैंयाँमा परिवर्तन गर्ने हो भने ४ लाख १५ हजार बराबर हुन आउँछ । अनि भारतमा यो पैसाले मारुतीको अल्टो वा डाटसन गो कार किन्न सकिन्छ ।
विश्वका विभिन्न देशमा निर्माण हुने मास्टरसेफको तेलगु भर्सनको भने तमन्नाले होस्ट गरिरहेकी छिन् । उनले मास्टरसेफ आफूलाई असाध्यै मनपर्ने सो भएको र त्यही सो होस्ट गर्न पाउँदा आफूलाई खुशी लागेको बताएकी छिन् ।फिल्मतर्फ भने तमन्नाका दुई सिरिज आएका थिए जुन खासै सफल मानिएका थिएनन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया