स्पेनिस सिरिज ‘मनी हाइस्ट’ हेर्न जयपुरमा कर्मचारीलाई छुट्टी

मुम्बई : भारत र अरबमा रजनीकान्तको फिल्म रिलिज हुँदा कर्मचारीलाई छुट्टी दिएको कुरा सुनिएको थियो । तर, भारतको जयपुरको एउटा कम्पनीले भने नेटफ्क्लिसमा रिलिज हुने लागेको स्पेनिस सिरिज ‘मनी हाइस्ट’ ५ औं शृंखला हेर्नलाई कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ ।
जयपुरको कम्पनी भर्भ लजिकले आफ्ना कर्मचारीलाई सेम्टेम्बर ३ मा बिदा दिने घोषणा गरेको छ । ‘मनी हाइस्ट’को अन्तिम शृंखला अन्तर्गतको पहिलो भाग सेप्टेम्बर ३ मा रिलिज हुँदैछ ।
कम्पनीको सिईओ अभिषेक जैनले कहिलेकाहीँ छुट्टी लिनु राम्रो भएको बताउँदै कम्पनीमा बिदाका लागि कसैले झुटा बहाना नबनाउनु परोस् भन्दै यस्तो निर्णय गरेको बताएका छन् ।
दुई भागमा आउन लागेको सिरिजको पहिलो भाग सेप्टेम्बर ३ मा र दोस्रो भाग डिसेम्बर ३ मा सार्वजनिक हुँदैछ । ‘मनी हाइस्ट’ गैर अंग्रेजी भाषामा बनेको विश्वकै सबैभन्दा चर्चित सिरिज हो । स्पेनको एउटा टेलिभिजनमा प्रसारण भएको सिरिज नेटफ्लिक्सले लिएपछि विश्व चर्चित सिरिज बनेको थियो ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया