रोनाल्डोविनै पोर्चुगलको सहज जित

काठमाडौं - कतार विश्वकप छनोट अन्तर्गत युरोपियन छनोट खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ । मंगलबार राति अजरबैजानको बकी ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
समूह 'ए' अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, एन्द्रे सिल्भा र डियगो जोटाले १-१ गोल गरे ।रोनाल्डो विना नै मैदान प्रवेश गरेकाे पोर्चुगलले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप १ गोल गरेकाे हाे । साेही समूहको अर्को खेलमा आयरल्यान्ड र सर्बियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
शीर्ष स्थानमा रहेको पोर्चुगलले जितसँगै समूह 'ए'मा पाँच खेलबाट १३ अंक बनाएको छ । समान खेलबाट सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट २ र १ अंक बनाएका आयरल्यान्ड र अजरबैजान क्रमश: तालिकाको चौथो र पाँचौ स्थानमा छन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया