पपुवा न्युगिनीमाथि नेपालकाे दाेस्राे जित
रोहित पौडेल र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन
काठमाडौँ - नेपालले दोस्रो एकदिवसीयमा पनि पपुवा न्युगिनीमाथि शानदार जित निकालेको छ । ओमानको मस्कटमा भएको खेलमा नेपाल १५१ रनको फराकिलो अन्तरले विजयी हो । जितसँगै नेपालले २–० ले सिरिज आफ्नो पक्षमा पारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अलआउट हुँदै २३३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ८६, कप्तान ज्ञानेन्द्र मल्लले ४५ र करण केसीले ४२ रन बनाए । २३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पपुवा न्युगिनी १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा सीमित भयो ।
पपुवा न्युगिनीलाई सस्तैमा अलआउट गर्न नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ६ विकेट लिए । नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलेको हो।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया