म्यानचेस्टर सिटीले जित्दा हार्याे म्यानचेस्टर युनाइटेड

काठमाडौँ - गाब्रियल जेजुसले गरेको गोलको मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा चेल्सीमाथि १–० को जित दर्ता गरेको छ । स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा सिटीका लागि ब्राजिलियन स्ट्राइकर जेजुसले दोस्रो हाफको ५३ औँ मिनेटमा गोल गरे ।
शनिबारको जितसँगै सिटीका पेप ग्वार्डिओलाले थोमस टुकेल नेतृत्वको चेल्सीविरुद्ध हारको सिलसिलालाई पूर्ण विराम लगाएका छन् । गत सिजन चेल्सीका प्रशिक्षक बनेका टुकेललाई ग्वार्डिओलाले इंग्ल्यान्डमा हराउन सकेका थिएनन् । पछिल्लो च्याम्पियन्स लिग फाइनलमा पनि ग्वार्डिओलाको सिटीलाई टुकेलको चेल्सीले हराएको थियो ।
शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग अप्रत्याशित पराजय भोग्यो । ओल्ड ट्रार्फोडमै भएको खेलमा युनाइटेडलाई पराजित गर्न भिल्लाका कार्टेने हाउसेले ८८ औँ मिनेटमा गोल गरे ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया