साफ च्याम्पियनसिप नेपाली टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रशारण नहुने

काठमाडौँ- माल्दिभ्सको राजधानी मालेमा शुक्रबारबाट सुरु हुने साफ च्याम्पियनसिप २०२१ को नेपालमा प्रत्यक्ष प्रशारण नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार कुनै पनि नेपाली टेलिभिजन च्यानलले साफ च्याम्पियनसिपको प्रशारण अधिकार नकिनेकाले नेपाली दर्शकले नेपाली टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेर्न नपाउने भएका हुन् ।
गत सेप्टेम्बर २४ मा एन्फाले प्रशारण अधिकार बिक्री सम्बन्धी सार्वजनिक सूचना जारी गरेको तर कसैले पनि प्रस्ताव पेश नगरेको बताइएको छ । प्रशारण अधिकार खरिदका लागि कमसेकम ४० लाखको प्रस्ताव पेश गर्नुपर्ने एन्फाको शर्त थियो ।
साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ माल्दिभ्सको राष्ट्रिय रंगशालामा हुनेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया