आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

एनभीए च्याम्पियनसिपः आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौँ-नेपाल एपीएफ क्लब एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्‍यो । उपाधि भिडन्तमा एपीएफले न्यु डाइमन्ड स्पोटर्स क्लबबीचको विजेताको सामना गर्नेछ । 

काठमाडौँ, त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीमाथि ३–२ को सेटमा जित हात पारेको हो । खेलमा एपीएफले पहिलो सेट २७–२५ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा भने आर्मी हाबी भयो । उसले २५–२१ र २७–२५ को जित निकाल्यो । 

चौँथो सेटबाट भने एपीएफ खेलमा फर्कियो । चौँथो सेट २६–२४ ले जितेको एपीएफ निर्णायक सेटमा १५–१३ ले विजयी बन्यो ।