साफ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल रक्षात्मक हुन बाध्य

काठमाडौँ-साफ च्याम्पियनसिपको पहिलो दिनको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स भिडिरहेका छन् । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपाल रक्षात्मक देखिएको छ ।
खेलको सुरुवातबाटै घरेलु टिम हाबी भएको छ । बल पोसेसनमा बलियो देखिएको माल्दिभ्सले निरन्तर आक्रामण बुन्यो । ६४ प्रतिशत बल पोसेसन राखेको माल्दिभ्सका आक्रमण नेपाली रक्षापंक्तिले निस्तेज पा¥यो ।
नेपाली रक्षकहरुलाई दबाबमा राखे पनि माल्दिभ्सका दुई प्रहार मात्रै टार्गेटमा थिए । उता नेपालले पनि दुई पटक आक्रामण ग¥यो । नेपाली अग्रपंक्ति सम्हालेका नवयुग श्रेष्ठको प्रहारले पोस्टको गति लिन सकेन ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया