एनभीए च्याम्पियनसिपमा पुलिसलाई तेस्रो स्थान

काठमाडौँ- नेपाल पुलिस क्लब एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ । अन्तिम चारमा पराजित भएका दुई टिम शनिबार तेस्रो स्थानका लागि भिड्दा पुलिस विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबमाथि हाबी भयो ।
काठमाडौँ, त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा पुलिसले एपीएफलाई २५-१७, २५-१८, २५-१४ को जित दर्ता गर्यो ।
यसअघि पुलिस अन्तिम चारमा हेल्प नेपाल स्पोटर्स क्लबसँग पराजित भएको थियो । एपीएफ भने त्रिभुवन आर्मी क्लबसँग हारेको थियो । महिलातर्फको तेस्रो स्थानको भिडन्तमा भने पुलिसले हार बेहोरेको छ । पुलिसलाई आर्मीले ३-० को सोझो सेटमा पाखा लगायो । कभर्ड हलमै भएको खेलमा आर्मीले २५-१७, २५-२०, २५-१७ को विजय हासिल गर्यो ।
पुरुष तथा महिलातर्फ तेस्रो हुने दुवै टिमले एक-एक लाख नगद पुरस्कार प्राप्त गरे ।
अब पुरुषतर्फको उपाधिका लागि आर्मी र हेल्प नेपाल प्रतिस्पर्धामा उत्रनेछन् । महिलातर्फको फाइनलमा भने एपीएफ र न्यु डाइमन्ड स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया