नेपाल इण्डोसियासँग २-० ले पराजित

काठमाडौँ - एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ । ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू- २३ टोली इण्डोनेसियाको यू- २३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो । इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए । नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया