भारतमा पेगासस आक्रमणको जाँच गर्न निर्देशन

काठमाडौँ - भारतको सर्वोच्च अदालतले पेगासस जासूसी मामलाको जाँच गराउनुपर्ने भनी परेको मुद्दामा फैसला सुनाएको छ । अदालतले पेगासस मामिलासम्बन्धीको जाँचका लागि विज्ञ टोली गठन गरेको छ ।
टोलीले सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायधीस आर भी रविन्द्रनको अध्यक्षतामा ३ सदस्य छानबिन समिती गठन गर्दै जाँच गर्न निर्देशन दिएको हो । अदालतले समितिलाई पेगासससँग सम्बन्धित आरोपमाथि जाँच गरी अदालतलाई प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
सर्वोच्च अदालतले प्रत्येक हरेक व्यक्तिको गोपनीयताको रक्षा हुनुपर्ने भन्दै स्वतन्त्र रूपमा कार्य गर्नगरी छानबिन गर्न निर्देशन दिएको छ । केही समयअघि भारतमा पेगासस हमला भएको भन्दै थुप्रै पत्रकार नेता तथा अभियान्ताहरूले उजुरी दर्ता गराएका थिए ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया