कांग्रेसका तीन नेता लगातार पशुपति दर्शनमा

काठमाडौं - नेपाली कांग्रेसका शीर्ष तीन नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन् । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा तीन शीर्ष नेताले लगातार पशुपतिनाथको दर्शन गरेका हुन् । कार्यवाहक सभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण पशुपतिनाथ मन्दिर पुगेका हुन् ।
गत सोमबार निधि पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिए । पशुपतिनाथ मन्दिरमा जारी रामनाम संकीर्तन तथा रुद्र महायज्ञ पूजा गरेका निधिले जनकपुरबाट आएका श्री श्री १०८ श्री स्वामी जगत नन्दन दासजी महाराज (पगला बाबा)समक्ष पूजा गरेका हुन् ।
कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता खाँणले शनिबार पशुपतिनाथको दर्शन गरे । सर्वसाधारणसँगै लाइनमा बसेर गृहमन्त्री खाँणले पशुपतिनाथको दर्शन गरेका हुन् । उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे ।
यसको भोलिपल्ट आइतबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पशुपतिनाथ दर्शन गर्न पुगेका हुन् । उनी श्रीमतीसहित पशुपतिनाथ गएका थिए । आउँदो मंसिरमा १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका निधि र पौडेल पनि सम्भावित सभापतिका उम्मेदवारमा हुन् । कांग्रेसका शीर्ष नेताले लगातार पशुपतिनाथको दर्शन गर्नुलाई अर्थपूर्ण मानिएकाे छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया