'प्रतिनिधि सभा मर्नु हुँदैन, मारिनु हुँदैन'

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद् जितेन्द्र नारायण देवले प्रतिनिधि सभा मर्न नहुँने बताएका छन् । राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शुक्रबार देवले यसो बताएका हुन् ।
'प्रधानमन्त्रीलाई पार्टीभित्र काम गर्न दिइएन, त्यो प्रतिनिधि सभाको समस्या होइन, तपाई पार्टीभित्रको समस्यामा पर्ने अनि पार्लियामेन्टलाई दोस दिने, तपाईलाई यसो गर्ने अधिकार थिएन', उनले भने,'पार्लियामेन्ट भनेको जनताका प्रतिनिधि बस्ने संस्था हो, त्यसैले यो मर्नु हुँदैन, यो मारिनु हुँदैन ।'
सरकार गलत बाटोमा हिँडेकोसमेत देवले प्रष्ट पारे । 'आज आफ्नो हित होइन लोकतन्त्रका लागि, अग्रगमनका लागि सोच्नुपर्ने देखिएको छ तर सरकारले त्यो सोचेको देखिएन', उनले भने,'सरकारको अगुवा नेतालाई सरकारको भोग जागिरहेको छ भनेर हामीले पहिल्यैदेखि भनिरहेकै थियौँ, मुढो मरेको चिन्ता होइन काल पल्किएको चिन्ता हो ।
प्रधानमन्त्रीले संवैधानिक परिषद्लाई आफ्नो हातमा पार्न खोजेको समेत देवले आरोप लगाए । 'संवैधानिक परिषद्को कार्यकारीको हातमा नपरोस् भनेर यसको कम्पोजिसन गरिएको छ, साउथ अफ्रिकाबाट यसको कम्सेप्टलाई ल्याइएको हो। तर सरकारले यो कम्पोसिजनलाई बिगार्न खोज्यो', देवले भने ।

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

भूउपयोग योजनाको तयारी र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य भ…

खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

विनियोजन विधेयक २०८२ पारित

प्रतिनिधि सभाबाट बजेट पारित

जनताको बलिदान र विद्यमान व्यवस्थाप्रति अपमान भएमा सह्यय हुन्नः प्रधानमन्त्री ओली

प्रतिक्रिया