ड्वायन जोन्सनले ‘फास्ट एन्ड फ्युरियस’को दसौँ शृंखला नगर्ने

लसएन्जल्स- ड्वायन जोन्सन ‘दि रक’ ले ‘फास्ट एन्ड फ्युरियस’को दसौँ शृंखलामा आफू नरहने बताएका छन् । फिल्मका अर्का अभिनेता भिन डिजेलले सार्वजनिक रुपमै शृंखलामा फर्कन गरेको आग्रहमा ढिलो गरी प्रतिक्रिया जनाउँदै ‘दि रक’ले आफू आफ्नो वचनमा प्रतिबद्ध रहेको बताएका छन् । केही महिना अघि डिजेलले इन्स्टा पोस्टमा रकलाई फिल्मको दसौँ शृंखलामा लुकास हब्सको रुपमा फर्कन आह्वान गरेका थिए ।
उनले फिल्मलाई आफ्नो शुभकामना रहे पनि आफू दोहोर्याएर नफर्कने बताएका छन् । हालै सिएनएनसँग कुरा गर्दै उनले भनेका छन्, ‘मैले डिजेललाई पनि भनिसकेको छु । म आफ्नो बोलीमा कटिबद्ध छु । म बाँकी कलाकार र फिल्मको पनि सफलताको कामना गर्दछु तर म फर्कन कुनै सम्भावना छैन ।’
रकको थप भनेका छन्, ‘भिन डिजेलको ताजा पोस्ट पनि उनको चलाखीको उदाहरण हो । उनले यो पोस्टमा बच्चालाई ढाल बनाउन कुनै जरुरी थिएन । न त पल वाकरको मृत्युलाई बनाउन थियो । यो विषयमा हामीले केही समय पहिले नै कुरा गरिसकेका थियौँ ।’ डिजलको इन्स्टा पोस्टमा सिरिजकै फ्यानले पनि दुःखेसो गरेका थिए । उनीहरूले डिजेलले नचाहिँदो काम गरिरहेको प्रतिक्रिया दिएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया