राजेशमाथि आक्रमण गर्ने पासाङले मागे माफी

काठमाडौँ - गायक राजेश पायल राईमाथि आक्रमण गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । सोमबार सार्वजनिक भएको एउटा भिडियोमा उनले रक्सी र खादा सगुन दिएर माफी मागेको देखिएको छ ।
रक्सी र सगुन जनजातिबीच सम्बन्ध सुरुवात गर्ने असल माध्यम मानिन्छ । बिहेबारीदेखि बाँकी नाता सम्बन्धका लागि पनि उनीहरूबीच रक्सी र बाँकी सगुन दिने चलन हुन्छ । राजेश पायल राईलाई आक्रमण गरिएको भनिएका दावा पासाङ शेर्पाले पनि जनजातिको यही परम्परा अनुसार माफी मागेका हुन् ।
शेर्पाले आफूले आवेशमा आएर यस्तो गरेको र अबदेखि नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गायक राईले पनि पासाङले गल्ती स्वीकार गरेकोल माफी दिएको बताएका छन् र उनले आफ्ना समर्थकलाई गाली गलौज नगर्न पनि आग्रह गरेका छन् ।
नयाँ वर्षको अवसरमा न्युयोर्कमा भएको एक कार्यक्रममा गाइरहेको समयमा पासाङले पछाडिबाट आएर राजेश पायल राईको घाँटी समातेका थिए । आयोजकले फ्यान भएको र भेट्न नदिएकोले भेट्दा यस्तो घटना घटन पुगेको बताए पनि राजेशका फ्यान असन्तुष्ट भएका थिए ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया