‘आकासे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक

काठमाडौँ- फिल्म ‘आकासे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक गरिएको छ । केही अगाडि फस्टलुक सार्वजनिक गरेको निर्माण युनिटले फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो ।
हरि उप्रेतीको शब्द, राजेश पायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर रहेको गीतमा विकास चौधरीको संगीत छ । गीतमा फिल्मका कलाकार मुख्य कलाकार गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू लगायतको आकर्षक नृत्य देख्न सकिन्छ । गीतको कोरियोग्राफी राजिव सिंहको छ ।
फिल्म फागुन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । उदय सुब्बाको निर्देशन रहेको फिल्ममा गौरव पहारी, विल्सन विक्रम राई ‘तक्के बुढा’, बुद्धि तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू, जयनन्द लामा, शिशिर वाङ्देल लगायतको मुख्य भुमिका छ ।
युवाहरूको विनामिहिनेत पैसा कमाउने सपना र तिब्बतियन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं फिल्म हो । यस अगाडि सुब्बाले थुप्रै सफल फिल्म दिएका छन् । फिल्म जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्नेछ । फिल्म युवादेखि वृद्धसम्मको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए ।
केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दिलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफँैले तयार पारेका हुन् । फिल्मको सम्वाद भने कलाकार विल्सन विक्रम राई ‘तक्के बुढा’ ले लेखेका हुन् ।
एसएस इन्टरनेसनल फिल्मस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्धोन्द, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकास चौधरी र बादल लिम्बूको संगीत छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया